arrow

अविवाहित युवतीले अस्पतालको शौचालयमा जन्माइन् शिशु

logo
प्रकाशित २०७५ माघ २० आइतबार
ilam-hospital.jpg

इलाम । इलाम अस्पतालको शौचालयमा सन्दकपुर गाउँपालिकाकी एक अविवाहित युवतीले वच्चा जन्माएकी छन् । सन्दकपुर गाउँपालिका ३ की युवती बालिका सुनुवारले गएराती शिशु जन्माएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

हालसम्म शिशुको बुबा पत्ता नलागेको वताइएको छ । राती करिव साढे दुई वजेतिर अस्पतालमा ल्याइएकी युवतीले शौचालय जान्छु भनी शौचालयमा नै शिशुको जन्म दिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

नवजात शिशु छोरी रहेको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको इलाम अस्पताल स्रोतले जानकारी दिएको छ । आमा र वच्चा दुवैलाई इलाम अस्पतालमा राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ