arrow

गाडी जलाउनु निन्दनीय काम हो : गगन थापा 

logo
प्रकाशित २०७५ माघ २० आइतबार
gagan-thapa_(2)1.jpg

काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले गाडी जलाउने काम निन्दनीय रहेको जनाएका छन् ।

नेपाल विद्यार्थी संघले विभिन्न स्थानमा शनिबार गाडी जलाएको विषयमा आफूलाई धेरै तिरबाट यसमा धारणा माग गरेको भन्दै थापाले यस्तो बताएका हुन् । 

उनले आफ्नो आधिकारिक ट्वीटरमा यस्तो कामलाई निन्दनीय भन्दै यस्तो कामलाई दुरुत्सहान गर्न आफू डटेर लाग्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

'नेविसंघको नाममा केही 'विद्यार्थीले' सरकारी गाडी जलाएकोमा तपाईंको धारणा के हो, भनेर थुप्रै साथीहरूको प्रश्र रहेछ।'  उनले ट्वीटरमा लेखेका छन्कि 'किन्तु, परन्तु केही नलगाई मेरो उत्तर छ त्यो कार्य गलत मात्र नभएर निन्दनीय छ। यस्तो कामलाई दुरुत्साहन गर्न म डटेर लाग्नेछु।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ