arrow

संसद बैठक अवरोध नहुने, सरकारले निर्णय सच्याएकाले कांग्रेसले चल्न दिने 

logo
प्रकाशित २०७५ माघ २० आइतबार
sanghiya-samsad.png

काठमाडौं । आइतबारको संसद बैठक नियमित रुपले चल्ने भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मुख्य दुई मुद्धा उठाउँदै अवरोध गरिरहेको संसद बैठक संचालन हुन दिने भएको हो । 

डा गोविन्द केसीको अनसनको सुनुवाई गर्नुपर्ने र काँग्रेसका पुर्वप्रधानमन्त्रीद्धयका नाममा रहेको अस्पताललाई संघीय सरकार मातहत ल्याउनु पर्ने माग गर्दै काँग्रेसले यसअघि पटक पटक संसद बैठक अवरोध गर्दै आएको थियो । 

डा केसीको अनसन अन्त्य भएको र पुर्वप्रधानमन्त्री तथा काँग्रेसका पूर्वसभापतिद्धय गिरिजाप्रसाद कोईराला र सुशील कोईरालाको नाममा रहेका दुई अस्पताललाई संघीय सरकार मातहत नै ल्याउने निर्णय सरकारले गरेकाले काँग्रेसले संसद बैठक अवरोध नगर्ने भएको हो । 

संसदमा आफुहरुले दिएको दवावकै कारण तनहुँमा रहेको जिपी कोईराला श्वासप्रश्वास उपचार केन्द्र र बाँकेमा रहेको सुशील कोईराला प्रखर क्यान्सर अस्पताल सरकारले संघीय सरकार मातहत ल्याएको काँग्रेस सांसद बद्री पाण्डेले बताए ।

काँग्रेसका पुर्वसभापतिद्धयको नाममा रहेको अस्पताललाई अहिलेको सरकारले नियतबस खारेज गर्न खोजेकाले आफूहरुले बाध्य भएर संसद बैठक अवरोध गरेको र सरकारले बाध्य भएर निर्णय सच्याएकाले अव बैठक अवरोध नगर्ने उनको भनाई छ । 

आइतबार बोलाइएको संघीय संसद अन्तर्गतका प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको बैठक अवरोध नगरिने भएको उनले जानकारी दिए ।
 
संसद सचिवालयका अनुसार राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बोलाइएको छ भने प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजेपछि बस्नेगरी बोलाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ