arrow

नेविसंघले पोखरामा सरकारी गाडी जलायो

logo
प्रकाशित २०७५ माघ १९ शनिबार
nsu-pokhar-protest.jpg

पोखरा। सरकार विरोधी आन्दोलनमा उत्रिएको नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले पोखरामा सरकारी गाडी जलाएको छ। नेविसंघ कार्यकर्ताले पोखराको मासबारस्थित घरेलु कार्यालय अगाडी आज बिहान शिक्षा विकास तथा समन्वय इकाइ कास्कीको भ्यान जलाएका हुन्। 

बा१झ ५८७९ नम्बरको पिकअप भ्यान पोखरा महानगरको भएपनि शिक्षा कार्यालयले प्रयोग गर्दै आएको थियो। स्कूटरमा आएका यूवाहरुले गाडी जलाएको खबर आएको र नेविसंघ कार्यकर्ताले जलाएको हुन सक्ने कास्कीका प्रहरी उपरीक्षक ओम रानाले बताए।

नेविसंघले यसअघि नै आज सरकारी गाडी चल्न नदिने घोषणा गरेको थियो। यसैवीच, नेविसंघ कास्कीले आफ्नो आन्दोन निस्तेज पार्न महानगरको शिक्षा विभागले गाडी चलाएको भन्दै रत्नचोकमा जिल्ला शिक्षा अधिकारी चढेको गाडी जलाएको बताएको छ। साथै उसले नेविसंघलाई कमजोर आँक्ने बिरुद्ध बाघ बनेर झम्टिने चेतावनी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ