arrow

केसीको माग सरकारले परा गर्नुपर्छ : बाबुराम भट्टराई

logo
प्रकाशित २०७५ माघ १८ शुक्रबार
Baburam-bhattrai-stage.jpg.jpeg

धनकुटा । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले शुक्रबार धनकुटामा सहिद दिवसको अवसरमा धनकुटा सहिद स्मृती प्रतिष्ठानले संचालन  गरिएको खुल्ला चेस प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गर्दै केसीको माग उपयुक्त भएको र सरकारले पनि विगतमा सम्झौता गरेकाले पुरा गर्नु पर्नेमा जोड दिए ।

ओली सरकारलेनै गत बर्ष डा. केसीसँग सम्झौता गरेकोले सरकार सम्झौताबाट भाग्न नहुनु वताए । उनले संघीयताको वुझाईमा केन्द्र सरकारसँग स्पष्ट भिजन नहुँदा तल्लो निकाय सम्म संघीयता पुग्न नसकेको बताए । उनले लोकतन्त्र स्थानीय तहसम्म नपुगेसम्म केन्द्रिकृत भई एक ब्यक्तिको वरिपरी घुमिरहने समेत वताए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ