arrow

बसको ठक्करबाट पाल्पामा श्रमिकको मृत्यु

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ माघ १८ शुक्रबार
Palpa_District.png

पाल्पा । बसको ठक्करबाट एक  श्रमिकको  मृत्यु भएको छ । सिद्धार्थ राजमार्ग अन्र्तगत  पर्ने जिल्लाको तानसेन नगरपालिकाका ६ रायडाँडामा बुटवलबाट स्याङ्जा तर्फ जाँदै गरेको ग १ ख ४५३४ नम्वरको बसले ठक्कर दिदाँ  श्रमिक २७ वर्षीय सोनु विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी तथा सूचना अधिकृत विनोद घिमिरेले जानकारी दिए ।

रुपन्देही सैनामैना नगरपालिका ८ रामापुर घर भएका विक विगत लामो समय देखि  तानसेनमा लेवर काम गर्दै आएका थिए । उनी  कामको शिलशिलामा सडकमै हिड्दै गर्दा गाडीले ढक्कर दिएको थियो । ढक्कर पछि विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।   ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ