पाल्पा । बसको ठक्करबाट एक श्रमिकको मृत्यु भएको छ । सिद्धार्थ राजमार्ग अन्र्तगत पर्ने जिल्लाको तानसेन नगरपालिकाका ६ रायडाँडामा बुटवलबाट स्याङ्जा तर्फ जाँदै गरेको ग १ ख ४५३४ नम्वरको बसले ठक्कर दिदाँ श्रमिक २७ वर्षीय सोनु विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी तथा सूचना अधिकृत विनोद घिमिरेले जानकारी दिए ।
रुपन्देही सैनामैना नगरपालिका ८ रामापुर घर भएका विक विगत लामो समय देखि तानसेनमा लेवर काम गर्दै आएका थिए । उनी कामको शिलशिलामा सडकमै हिड्दै गर्दा गाडीले ढक्कर दिएको थियो । ढक्कर पछि विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।