केसीको समर्थनमा रहेका डाक्टरहरु समातिए, डाक्टरहरु हिरासतमै धर्नामा
प्रकाशित २०७५ माघ १८ शुक्रबार
373
Shares
काठमाडौं । प्रा डा गोविन्द केसीको जीवनरक्षाका लागि शान्तिपूर्ण प्रदर्शनमा रहेका डाक्टरहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार टिचिङ हस्पिटल बाहिर प्रदर्शन गरेका डाक्टरहरुलाई प्रहरीले गिरफ्तार गरेको हो ।
प्रहरीले नियन्त्रणमा लिएका डाक्टरहरुमा रेजिडेन्ट डाक्टर एसोसियसनका अध्यक्ष डा सुमित पान्डे, डा बिशाल अग्रवाल, डा अमित शर्मा, डा हेमन्त बास्तोला, डा बद्री अर्याल, डा राजन लामिछाने, डा सिद्धार्थ भन्डारी,डा उपमा श्रेष्ठ, डा कविता मानन्धर, डा अमिर श्रेष्ठ ,डा आकाश शेर्पाली, डा आनन्द सिंह, डा पदम जोशी,डा समीर चापागाईं, डा विश्व राज तिम्सिना, डा अपुर्व आचार्य लगायत अरु बिध्यार्थिहरु रहेका छन् ।
प्रदर्शनमा उत्रिएका डाक्टरहरुलाई प्रहरीले हिरासतमा राखेको छ । उनिहरु हिरासतमै धर्नामा बसेका छन् ।