डा केसीको जीवनरक्षाका लागि गैरसरकारी चिकित्सक संघ पनि बन्दमा सहभागी
प्रकाशित २०७५ माघ १८ शुक्रबार
184
Shares
काठमाडौं । गैर सरकारी चिकित्सक संघ नेपालले सत्याग्रही प्राडा गोविन्द केसीको जीवनरक्षाका लागि माग गरेको छ । डा केसीको आमरण अनसनको २४ दिन भैसकेको अवस्थामा पनि उनको जीवन रक्षाका लागि सरकारले कुनै पनि कदम नचालेको भन्दै संघले विज्ञप्ति निकाली गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संघका महासचिव डा रितेश थापाले विज्ञप्ति निकाल्दै ‘जनताको लागि लडेका एक जना सत्याग्रही चिकित्सकप्रति राज्यको कुनैपनि ध्यान नजानु र उल्टै सरकारमा बसेका प्रतिनिधिले समस्या अझै जटिल बनाउने र चिकित्सकहरुलाई नै एक आपसमा भिडाइ रमिता हेर्ने रवैयाको यस संघ घोर निन्दा गर्दछ’ भनेको छ ।
यस्ता खेलमा नलागी छिटो भन्दा छिटो वार्ताको माध्यमबाट निकास निकाली डा केसीको जीवनरक्षाका लागि सरोकारवालाहरुलार्इ हार्दिक अनुरोधसमेत गरिएको छ ।
संघले शुक्रबारको आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरु बन्द रहने नेपाल चिकित्सक संघको घोषणामा ऐक्यवद्धता जनाएको छ ।