arrow

डा केसीको समर्थनमा ७२ घण्टे अनसनमा बसेका दुई युवाको स्वास्थ्य खस्कियो

logo
प्रकाशित २०७५ माघ १८ शुक्रबार
ansan.jpg

काठमाडौं । चिकित्सा शिक्षा विधेयकमा आफूसंग भएको सम्झौता पालना गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई दवाव दिन १६ औं चरणको आमरण अनसनमा डा गोविन्द केसी बसेको शुक्रबार २४ दिन भइसकेको छ । 

सरकारले डा केसीका माग पूरा गर्नेतर्फ ध्यान दिनु त परै जावस जीवनरक्षाका लागि समेत कुनै पहल गरेको छैन । 

दवाव दिन प्रतिपक्षी दलहरुदेखि लिएर नागरिक समाज अनि सिंगो नेपाल चिकित्सक संघ पनि होमिएको छ । 

त्यसैगरी दुई युवाहरु खेमबहादुर मगर र अर्जुनप्रसाद कोइराला पनि आमरण अनसनमा बसेका छन् । 

मगर र कोइराला गत पुस १६ गते साँझ ६ बजेदेखि रत्नपार्कको शान्तिबाटिकामा अनसन बसिरहेका हुन् । 

७२ घण्टे अनसनमा बसेका मगर र कोइरालाको स्वास्थ्य पनि बिग्रिदै गएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ