arrow

नवलपुरमा नेविसंघको मसाल जुलुस

logo
प्रकाशित २०७५ माघ १७ बिहिबार
birod2.jpg

नवलपुर। केन्द्रबाट निर्धारित कार्यक्रम अनुसार नेपाल विद्यार्थी संघले बिहिबार साँझ सर्लाहीको नवलपुरमा पनि मसाल जुलुस निकालेको छ । नेविसंघ जनज्योति बहुमुखी क्याम्पस लालबन्दीका इकाइ सभापति सुमित राज काफ्लेको नेतृत्वमा सरकार विरुद्ध मसाल जुलुस निकालिएको हो ।

सरकारले संसदमा जबरजस्ती चिकित्सा शिक्षा विद्येयक पेश गरेको, महँगी वृद्धि भएको, बलात्कार घटना बढेको जस्ता घटनाको विरोधमा नेविसंघले आज साँझ देशभरका स्थानीय तहहरुमा मसाल जुलुस निकालेको हो ।

आन्दोलनको कार्यक्रम अनुसार माघ १८ गते प्रधानमन्त्रीको पुत्ला दहन, १९ गते सरकारी गाडी सञ्चालनमा रोक र २० गते पर्चा पम्पप्लेट वितरण गरिने नेविसंघका नेताहरुले बताएका छन् । नेविसंघले आन्दोलनको पहिलो दिन हिजो सदरमुकाम मलंगवामा मसाल जुलुस निकालेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ