नेविसंघद्वारा विपन्न परिवारलाई सिरक वितरण, सरकार विरुद्ध उत्रने कांग्रेसको तयारी
प्रकाशित २०७५ माघ १७ बिहिबार
378
Shares
कपिलवस्तु । नेपाल विद्यार्थी संघ सिद्धार्थ क्याम्पस र तरण दलको आयोजनामा वाणगंगा नगरभित्र रहेका ७० भन्दा बढी विपन्न परिवारलाई सिरक वितरण गरेको छ । प्रत्येक वडाबाट विपन्न परिवार छनोट गरेर प्रत्येक परिवारको लागि एक वटाको दरले करिब १ लाख बढीको सिरक वितरण गरिएको थियो । सिरक पाएपछि स्थानीयहरु खुसी भएका छन् । पढ्ने विद्यार्थीहरुले गरेको सहयोगलाई आफूहरुले कहिल्यै नबिर्सिने उनीहरुले बताए ।
नेपाल विद्यार्थी संघ सिद्धार्थ क्याम्पसको आयोजना तथा तरुण दल कपिलवस्तुको संयोजनमा भएको नेपाल विद्यार्थी संघ न्यानो कपडा वितरण अभियान २०७५ एवम् सम्पर्क कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न गरेको हो । सो अवसरमा पुर्व सिंचाई राज्य मन्त्री एवं कांग्रेस कपिलवस्तु सभापति सुरेन्द्रराज आर्चायले नगरका विपन्न व्यक्तिलाई न्यानो कपडा वितरण गरेर नेपाल विद्यार्थी संघ सिद्धार्थ क्याम्पसले मानवीय काम गरेको भन्दै प्रसंसा गरे।
आर्चायले वर्तमान केपी शर्मा ओली सरकार निरंकुश ढंगले अघि बढेको भन्दै सच्चिन आग्रह गरे । बाम पन्थीको सरकारले मुलुकमा महंगी र भ्रष्टाचार मात्र बढाएको भन्दै कांग्रेसले यसलाई ब्यापक रुपमा जनतामाझ पुर्याउनु पर्ने उनले औल्याए । वर्तमान सरकारविरुद्ध कांग्रेसले छायाँ सरकार बनाएर लाग्ने भन्दै त्यसको लागि तयार रहन नेता कार्यकतालाई उनले आग्रह गरे । निर्मला हत्या काण्डका दोषीलाई कारबाही गर्न नसक्नु , गोविन्द केसीको मागलाई लत्याउनु, जवरजस्ती चिकित्सा शिक्षा विधेयक पास गर्नु वर्तमान सरकारका तानशाही कदम भएकाले यसको कांग्रेसले डटेर सामना गर्ने बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति उपाध्यक्ष तारावती चौधरी, बाणगंगाा नगरका नगरप्रमुख मंगल प्रसाद थारु, नेपाली काग्रेश महासमिति सदस्य दुर्गा बहादुर सेन, हरिराज घिमिरे,तरुण दलका अध्यक्ष शक्ति सिँह ठकुरी, ट्रक व्यावसायी समितिका अध्यक्ष बिष्णु न्यौपाने, नगर सभापति विष्णु थापा, छविलाल नेपाली लगायतले वोलेका थिए ।
सिद्धार्थ क्याम्पस इकाई सभापति बुद्धि रोकाको अध्यक्षता, पार्टी सभापति आचार्यको प्रमुख आतिथ्य,नेवीसंघका क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेलको स्वागतमा सम्पन्न कार्यक्रमको संचालन सचिव गोविन्द आचार्यले गर्नुभएको थियो । नेविसंघले यस अघि पनि विद्यार्थीको अक्षय कोष स्थापना, गरिब तथा जेहेन्दार विद्यार्थीको लागि छात्रवृत्ती वितरण, विपन्न परिवारलाई नगद तथा लत्ताकपडा वितरण गरिसकेको छ ।