arrow

पेशाकर्मीको जुलुसबाट सविता बिमली पक्राउ, पेशाकर्मी आक्रोशित

logo
प्रकाशित २०७५ माघ १७ बिहिबार
sabita-bimali.jpg

काठमाडौं ।  लोकतन्त्रवादी पेशाकर्मीको प्रदर्शनबाट प्रहरीले सरिता बिमलीलाई पक्राउ गरेको छ । चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग सहित अनसनरत डा गोविन्द केसीको मागमा ऐक्यबद्धता जनाउँदै बिहिबार राजधानीमा गरेको प्रदर्शनपछि आयोजित कोणसभाबाट बिमलीलाई वानेश्वर प्रहरीले निषेधित क्षेत्रमा जान खोजेको आरोप लगाउदै पक्राउ गरेको हो ।  उनलाई बानेश्वर प्रहरी वृतमा राखिएको छ ।   

प्रदर्शनको नेतृत्व गरेका प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा केदारनरसिंह केसीले घटनाप्रति कडा आपत्ति जनाएका छन् । 

प्रदर्शनमा सेन्टर फर डेमोक्रेटिक इन्जिनियरर्सका अध्यक्ष लक्ष्मण केसी, प्रेस युनियन महासचिव अजयबाबु शिवाकोटी, डेमोक्रेटिक लयर्स एसोसियसनका अध्यक्ष योगेन्द्र अधिकारी, नेपाल शिक्षक संघका अध्यक्ष राजेन्द्र पौडेल, डेमोक्रेटिक एग्रिकल्चर एसोसियसनका अध्यक्ष सुर्य पौडेल, त्रिवी प्रजातन्त्रवादी कर्मचारी संघका अध्यक्ष भोला सिग्देल, प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष जगत तिमल्सिना सहितका हजारौ बुद्धिजीविहरु सहभागी थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ