arrow

विष सेवन गर्न नमानेपछि निर्घात कुटपिट

logo
प्रकाशित २०७५ माघ १७ बिहिबार
rasmi-magar.jpg

इलाम । सन्दकपुर गाउँपालिकाका सागर सुबेदीले सोहि स्थानकी सरिता रेश्मी मगरलाई विष सेवन गर्न नमानेपछि कुटपिट गरी सख्त घाइते बनाएका छन् । कृष्ण प्रसाद सुबेदीका छोरा सागरले चित्र बहादुर मगरकी २७ बर्षीय छोरी सरिता रेश्मीलाई जंगलमा भगाई लगेर विष सेवन गर्न उनले नमानेपछि सारले निर्घात कुटपिट गरी सख्त घाइते बनाएका हुन् ।

घाइते सरिता रेश्मीको उजुरीपछि जिल्ला प्रहरी कार्यालय इलाम तथा प्रहरी चौकी बन्दुकेको टोली तत्काल प्रहरी परिचालन गरि कुटपिट गर्ने सागरलाई नियान्त्रणमा लिएको छ ।

घटनामा गम्भिर घाइते भएकी मगरलाई उपचारको लागि विर्तामोड स्थित बीएण्डसी अस्पताल लगिएको बन्दुके प्रहरी चौकीका प्रहरी हवल्दार बिजय राईले जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ