डा केसीको अनसनलाई बेवास्ता गर्नु सरकारकै लागि आत्मघाती – दमननाथ ढुंगाना
प्रकाशित २०७५ माघ १७ बिहिबार
404
Shares
काठमाडौं । नेपाली काँग्रेसका पाका नेता तथा मानवअधिकारकर्मी दमननाथ ढुंगानाले आमरण अनसनरत सत्याग्रही डा गोविन्द केसीको अनसन र ज्यानप्रति बेवास्ता गरेर सरकार आफ्नै लागि आत्मघाती बन्दै गएको बताएका छन् ।
सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै उनले सरकारको संवेदनहीनताको पराकाष्ठाबारे चर्चा गरेका हुन् ।
नेता ढुंगानाले गत १७ जनवरीदेखि डा केसीको गतिविधिलाई ट्वीटरमा उतार्दै आएका छन् ।
उनले बिहीबार गरेको ट्वीटमा भनिएको छ – डा गोविन्द केसीको अनशन तथा ज्यानप्रतिको वेवास्ता मानवीय संवेदना हीनताले पराकाष्ठा भैरहेछ।यसले लोकतन्त्रको बदनामी बढाइरहेछ।यो संवादहिनता सरकारका लागि आत्मघाती भैरहेछ।यस्तो हठधर्मिता साँच्चै बुझिनसक्नु भएको छ।
ढुंगानाले बुधबार ३० जनवरीमा लेखेका छन् – डा गोविन्द केसीको ज्यान खतराको बिन्दूमा पुग्दा पनि सरकार उहाँलाई भेट्ने र सम्झाउने सामान्य शिष्टता समेत देखाउन सकिरहेको छैन।आज शहीद दिवसमा लोकतन्त्रका लागि योगदान गर्नेहरू सम्झिदा हामी सोच्न बाध्य छौं( लोकतान्त्रिक निर्वाचनबाट सत्ता खडा हुँदैमा त्यो जनताप्रति जवाफदेही हुँदोरैनछ।
ढुंगानाले मंगलबार २९ जनवरीमा लेखेका छन् – डा गोविन्द केसीको अनशनको आज २१औं दिन। खतराउन्मुख स्वास्थ्यको कारण सारा विवेकी नेपालीको तनाव बढ्दो छ।आश्वासन दिएर सम्झौता गरी पछिल्लो अनशन तोडाउने काम प्रधानमन्त्रीबाटै भएकाले, यसपटक पनि सम्झाउने र डा केसीलाई बचाउने पहिलो दायित्व सम्माननीय प्रमकै हो।
ढुंगानाले सोमबार २८ जनवरीमा लेखेका छन् – सत्तापक्ष र प्रतिपक्ष तनावको यस घडिमा पनि यतिबेला यत्ति कुरामा सतर्क होउन् डा गोविन्द केसीको ज्यान र वर्तमान संविँधान थप खतरामा धकेल्ने गरी हामी ‘उधुम’ राजनीति गर्दैनौँ।
ढुंगानाले २६ जनवरीमा लेखेका छन् –२–३ बहुमतको सरकारले चिकित्सा शिक्षा विधेयक पारित गर्दैमा अनसनरत डा गोविन्द केसीप्रति सरकारको दायित्व सकिएको छैन।लोकतान्त्रिक तरिकाले असहमतिहरूलाई समझदारीमा परिणत गर्ने शीप कौशलमा सरकार पछाडि परेको छ। आम जनताले दलीय व्यवस्था नै ‘लोभीपापीको हात परेको’ रुपमा नलिउन्।
ढुंगानाले २४ जनवरीमा लेखेका छन् –डा केसीसँग भएको सम्झौताका अधिकांश बुँदा चिकित्शा शिक्षा विधेयकमा परेका छन् भन्नेमा सरकार साँच्चै विश्वस्त छ भने किन पुनः संवाद र सहमतिको लोकतान्त्रिक विधि अपनाइरहेको छैन ? उहाँलाई कालको मुखमा राखेर पारित र घोषणा गरिने विधेयकले संसदलाई कार्य वा सहकार्यको हैन,कोरा कलहको थलो बनाउने छ।
ढुंगानाले १८ जनवरीमा लेखेका छन् –डाक्टर केसीको सत्याग्रह रोकिएको छैन।
ढुंगानाले १८ जनवरीमै लेखेका छन् –डा केसीको स्वास्थ्य प्रतिपल खतरोन्मुख रहेको इलामको जिल्ला अस्पतालका साधनविहीन चिकित्सकले हामीलाई बताउनुभयो।हाम्रो टोलीले सरकारसँग सम्पर्क गरेपछि सेनाको हेलिकप्टर सहयोगका लागि भद्रपुर आयो।सबैलाई धन्यवाद, अनसनरत डा को आज बिहान ४ बजे उहाँकै टिचिंग अस्पतालमा नयाँ अध्याय सुरू भयो।
१७ जनवरीमा ढुंगानासहितको टोली इलाम पुगेर डा केसीको आन्दोलनमा ऐक्यवद्धता जनाएको थियो ।