arrow

जंगलमा लगेर युवतीलाई विष खुवाउने प्रयास, नमानेपछि निर्घात कुटपिट

logo
प्रकाशित २०७५ माघ १६ बुधबार
Suicide-Drinking-Poison.jpg

इलाम । सन्दकपुर गाउँपालिकास्थित सुलुबुङका एक युवाले विष खान नमानेपछि युवतीलाई निर्घात कुटपिट गरेर गम्भीर घाइते बनाएका छन् ।

सो गाउँपालिकाको वडा नं ३ का कृष्णप्रसाद सुवेदीका ३३ वर्षीय छोरा सागरले सोही स्थान बस्ने सरिता रेश्मी माथि कुटपिट गरेका हुन् । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार सागरले २७ वर्षीय सरितालाई जङ्गलमा लगेर विष खुवाउन खोजेको तर नमानेपछि निर्घात कुटपिट गरेका थिए ।

कुटपिटपछि घाइते सरितालाई उपचारका लागि जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि झापा लगिएको छ । सागरलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ