काठमाडौं । एकीकृत नेकपा माओवादीका पूर्व उपाध्यक्ष डा. बाबुराम भट्टराईले शुरुवात गर्न लागेको नयाँ शक्ति बनाउने अभियानलाई सहयोग गर्न एकीकृत माओवादीबाट ४५ समर्थकले मंगलबार पार्टी छाडेका छन् ।
हिसिला यमी, देवेन्द्र पौडेल र रामचन्द्र झासहितका सदस्यहरुले मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा कार्यालय मुख्य सचिव हितराज पाण्डेलाई असहमतिपत्र बुझाउँदै नयाँ वैकल्पिक राजनीतिक शक्ति निर्माणमा जुट्ने अभियानमा लागेको जनाएका छन् ।
पार्टी छाड्नेमा गंगानारायण श्रेष्ठ, रामरिझन यादव, रामकुमार शर्मा र एमाओवादी बुद्धिजीवी अध्यक्ष खिमलाल देवकोटालगायत छन् ।