राणा र लोहनीको राप्रपा एकता हुदै, दुबै अध्यक्ष रहने
प्रकाशित २०७५ माघ १५ मंगलबार
477
Shares
काठमाडौं । पशुपति शमशेर राणा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बीच १८ माघमा एकता घोषणा हुने भएको छ । राजधानीको प्रदर्शनीमार्गमा रहेको राष्ट्रिय सभागृहमा एकता घोषणा हुने र त्यसका लागि हल बुक समेत गरिएको एकिकृत राप्रपाका सहप्रवक्ता भुवन पाठकले जानकारी दिए ।
उनका अनुसार पार्टी एकतापछि राणा र लोहनी दुबै जना अध्यक्ष रहनेछन । अहिले राणा र लोहनी बीच एकता प्रक्रियाका बाँकी विषयमा छलफल भइरहेको पाठकले राजधानीलाई जानकारी दिए । एकतापछि दुबै अध्यक्षको सहमतीमा कार्यसम्पादन समिति र निर्देशन समिति बनाइने सहमती भएको छ । सो समितिकमा कति सदस्य रहने र को को रहने भन्नेबारे भने निर्णय गर्ने अधिकार दुई जनामा नै रहने उनले जानकारी दिएका हुन । उनी्हरु दुबैले केन्द्रीय समितिमा रहने केन्द्रिय सदस्यहरुको समेत टुंगो लगाउँने छन ।
कमल थापा नेतृत्वको राप्रपासँगको एकता अन्तिम समयमा भाँडिएपछि दुई पार्टी एक हुन लागेको हो । २०७४ को निर्वाचनमा राप्रपा प्रजातान्त्रिले ८८ हजार ३७७ र राप्रप्रा राष्ट्रवादीले २८ हजार ८२८ मत प्राप्त गरेको थियो । एकताका विषयमा साँझसम्म सबै विषय टुंगो लगाएर आजै सहमती पत्रमा हस्ताक्षर हुने सम्भावना रहेको छ ।