arrow

डा केसीको अनसन २१ औं दिनमाः सरकार अब सम्हाल्ने बेला आएन र ? 

सरकारलाई झक्झक्याउन दवाव नपुगेको हो ? 

logo
प्रकाशित २०७५ माघ १५ मंगलबार
dr-kc-bed1.JPG

काठमाडौं । सत्याग्रही डा गोविन्द केसी राजनीति गरिरहेका छन् कि सरकारले डा केसीमाथि राजनीति गरिरहेको छ भन्ने प्रश्नको जवाफ छर्लङ्ग छ । कुनै दल विशेषको झण्डा ओढेर राजनीति गरेका भए डा केसी कार्यकर्ता नै हुन् भन्ने अवस्था हुन सक्दथ्यो। 

तर डा केसी चिकित्सा शिक्षा र सेवामा सर्वसाधारणको सहज पहुँच र व्यवस्थित शिक्षाका लागि लडिरहेका छन् । ०६९ सालदेखि जुनसुकै पार्टीको नेतृत्वमा सरकार बने पनि उनी आमरण अनसनमा बसे । 

१६ औं चरणको आमरण अनसन जारी छ । मंगलबार २१ दिन भैसक्यो उनी अनसन बसेको । माघको चिसोमा उनी थलिएका छन् । गलिसकेका छन् ।

सरकारका कुनै पनि प्रतिनिधिले अहिलेसम्म डा केसीको अनसन तोडाउनु पर्छ भनेर पहल गरेका छैनन् । 

कस्तो छ डा केसीलाई ? 
२१ दिनसम्म आइपुग्दा उनको शरीरमा डब्लुबीसीको संख्यामा निकै कमी आएको छ । उनी नराम्रोसंग शिथिल बनेका छन् । कुनै पनि बेला उनलाई आइसीयुमा लगेर उपचार गर्नुपर्ने हुन सक्छ ।

आगन्तुकसंग बोल्न सक्दैनन् । मुस्किलले कोही भेट्न आउँदा पुलुक्क हेर्छन्मात्रै । आगन्तुकहरु हेरेरै फर्किन्छन् । मुटुमा समस्या बढ्दै गएको छ। उनको दुई पटक एन्जियोग्राम गरिसकिएको छ। 

मुस्किलले साउती गर्छन् । ६३ वर्षीय केसीको शरीर जीर्ण भइसकेको छ । शरीरमा पोटासियम अत्यन्त न्यून छ।

उनले अहिलेसम्म औषधी खान मानेका छैनन्। उनको उपचारमा संलग्न डा प्रमेश श्रेष्ठका अनुसार डा केसीको इसारा बुझेर उनले काम गर्छन् । 

रगत पातलो पार्ने र मुटुको समस्या रोक्ने दुई किसिमको औषधी दिन खोजिएको थियो। तर उनले मानेका छैनन् । 

पुस २५ गतेदेखि उनले इलामबाट सोह्रौं अनशन शुरु गरेका थिए। स्वास्थ्य अवस्था बिग्रँदै गएपछि सरकारले हेलिकोप्टरबाट उनलाई शिक्षण अस्पताल ल्याएको थियो। 

सरकारलाई झक्झक्याउन दवाव नपुगेको हो ? 
डा केसीसंग प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गत साउनमा १५ औं अनसन तोडाउने क्रममा सहमति गरेको थियो । तर त्यो सहमति विपरीत संसदबाट चिकित्सा शिक्षा विधेयक पारित गरियो । 

सरकारले डा केसीका माग पूरा भएको दावी गरेको छ । तर अनसन तोड्नका लागि आग्रह गर्न सकेन । डा केसीलाई भेट्यो भने आफूहरु झुकेको हुन्छ भनी गइरहेका पनि छैनन् । 

डा केसीको मागलाई लिएर चिकित्सकहरुले मुलुकभरका अस्पतालमा रिले अनसन गरिरहेका छन् । नेपाल चिकित्सक संघको आव्हानमा सोमबार र मंगालबार दुई दिन रिले अनसन भइरहेको हो । 

मंगलबारसम्म डा केसीको जीवनरक्षाको लागि कुनै कदम नचाले कडा आन्दोलन गर्ने चेतावनी चिकित्सिकहरुले दिएका छन् । 

तर स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवामा असर पर्ने कुनै कदम नचाल्न आग्रह गर्दै विज्ञप्ति जारी गरेको छ । प्रतिपक्षी सबै दलहरु डा केसीको आन्दोलनप्रति ऐक्यवद्ध छन् । काँग्रेसले डा केसीका मागलाई लिएर संसदसमेत अवरुद्ध गरेको छ । 

काँग्रेसका भ्रातृ संगठनहरु सडकमा आन्दोलित छन् । 

सरकारलाई यहाँभन्दा बढी दवाव के चाहिएको हो ? डा केसीको डब्लुबीसीमा कमी आएसंगै शरीरमा जुनसुकै बेला संक्रमण हुन सक्छ । अब उनको ज्यानको ग्यारेन्टी कसले लिन्छ ? 

चिकित्सकको समूहदेखि नागरिक समाजले पनि डा केसीका माग पूरा गरी उनको जीवनरक्षा गर्न आग्रह गरिरहेका छन् । हरेक क्षेत्रबाट दवाव आइरहँदा पनि सरकार भने मौन देखिएको छ । एउटा सत्याग्रहीमाथि यति धेरै वैरी बन्नुको कारण के हो ? 

डा केसीले निर्मला पन्तका हत्यारा पत्ता लगाएर कार्वाही गर्न माग गर्दासमेत सरकार रिसाउँछ । एउटा नागरिकले आफूलाई चित्त नबुझेको जुनसुकै विषय उठाउन संविधानले छुट दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ