arrow

युवतीलाई जबरजस्ती नियन्त्रणमा लिन खोज्ने तीन पक्राउ

logo
प्रकाशित २०७५ माघ १४ सोमबार
pakrau-new.jpeg

घोराही । सामान्य चिनजानको आधारमा चलचित्र हेर्न जाने भन्दै युवतीलाई जबरजस्ती नियन्त्रणमा लिन खोज्ने तीन जना पक्राउ परेका छन् ।

घोराही उपमहानगरपालिका–३ भैस्कुर निवासी १९ वर्षकी एक युवतीलाई जबरजस्ती नियन्त्रणमा लिई रामपुरतर्फ लैजादै गर्दा लक्ष्मीपुर चोक नजिकै युवतीले टेम्पोबाट प्रतिकार गरी भाग्न खोज्दा सडकमा खसी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

युवतीलाई जबरजस्ती नियन्त्रणमा लिएको आरोपमा घोराही–२ बस्ने २४ वर्षीय विकास चौधरी, सोही ठाउँ बस्ने २१ वर्षीय विकेन्द्र चौधरी र २२ वर्षीय दिपक नेपालीलार्य पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए ।

उनीहरुलाई प्रहरीले आइतबार बेलुकी पक्राउ गरेको थियो । उनका अनुसार पीडित युवतीको जाहेरीमा ती युवालाई मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद १७ को दफा २११ बमोजिम अपहरण उद्योग शिर्षकमा मुद्दा दर्ता गरी आवश्यक कारवाही अगाडि बढाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ