काठमाडौं । वरिष्ठ न्यूरो सर्जन वसन्त पन्तलाई मातृशोक परेको छ । पन्तकी ८२ वर्षीया आमा सुशीला पन्तको सोमबार दिउँसो अपराह्न साढे ३ बजे निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।
दिमागको नशामा पानी जमेपछि गत शुक्रबारदेखि पन्तलाई अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराईँदै आईएको थियो । उपचारको क्रममा नै पन्तको सोमबार निधन भएको हो । उनको सोमबार नै पशुपतिमा स्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिने भएको छ ।
पन्तकी २ छोरीहरु र १ छोरा छन् । अन्नपूर्ण न्यूरो अस्पताल पन्तका छोरा वसन्तकै स्वामित्वमा रहेको अस्पताल हो ।