arrow

सरकारी दमनको नेविसंघद्वारा विरोध

logo
प्रकाशित २०७५ माघ १४ सोमबार
nsu-pradars.jpg

काठमाडौं ।  नेपाल विद्यार्थी संघले आइतबार गरेको शान्तिपूर्ण प्रदर्शनमा भएको दमनको विरोध गरेको छ । संसद्ले चिकित्सा शिक्षा विधेयक जबरर्जस्ती पारित गरेको भन्दै विरोध जनाएको नेविसंघले आइतबार भएको दमनको विरोधमा सोमबार बिहान विभिन्न क्याम्पस अगाडि विरोध गरेको हो ।

नेविसंघले आज बिहान उपत्यकाका त्रिचन्द्र क्याम्पस, आरआर क्याम्पस, विश्वभाषा क्याम्पस, अमृत साइन्स क्याम्पस, बाल्मिकी क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको छ । नेविसंघका अध्यक्ष नैनसिंह महरले सरकारले बहुमतको आधारमा आमरण अनशनरत डा गोविन्द केसीको मागलाई सम्बोधन नगरी चिकित्सा शिक्षा विधेयक पारित गरेकाले नेविसंघले विरोध जनाएको बताए ।

“हत्या, हिंसा, बलात्कार, भ्रष्टचारलाई संरक्षण गरेर शान्तिपूर्ण आन्दोलन गरेका विद्यार्थीलाई लाठी बर्साउने तथा जेल हाल्ने काम भएको छ,”, उनले भने।

नेविसंघ महामन्त्री कुन्दनराज काफ्लेले कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्रीद्वयका नाममा स्थापित अस्पताललाई राजनीतिक पूर्वाग्रहका आधारमा स्वीकृति नदिइएको बताउनुभयो । उनले स्वीकृत नदिएसम्म नेविसंघले निरन्तर आन्दोलन गर्ने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ