arrow

प्रधानमन्त्रीले गराए डाभोस बैठकबारे जानकारी

logo
प्रकाशित २०७५ माघ १३ आइतबार
Oli-Bhandari.jpg

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार अपराह्न राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेका छन् ।

त्यस अवसरमा उनिहरुबीच स्वीट्जरल्याण्डको डाभोसमा हालै सम्पन्न विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा सहभागिता एवं स्वीट्जरल्याण्डसँगको आपसी हित तथा अन्य समसामयिक विषयमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

 भेटका अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री डा युवराज खतिवडालगायत वरिष्ठ सरकारी अधिकारीको उपस्थिति थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ