सर्लाही। सर्लाहीको हरिवन नगरपालिका ७ बालगंगाबाट लागू औषध गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सर्लाहीको बागमति नगरपालिका १० शंकरपुरका शेख मकसुद र सोही ठाउँका शेख जासिन रहेका छन् ।
उनीहरुको साथबाट ९० थान नाइट्रोभेट लागू औषध बरामद भएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । खुल्ला सिमानाकाको कारण लागू औषध कारोबारमा युवा सक्रिय हुन थालेपछि पछिल्लो समय प्रहरीले निगरानी बढाएको छ ।