arrow

नागरिक अभियन्ताहरु अझै आसावादी, विधेयक राष्ट्रिय सभाले सुधार्ने विश्वास

logo
प्रकाशित २०७५ माघ १३ आइतबार
dr-kc-bed1.JPG

काठमाडौं । नागरिक अभियन्ता डा गोविन्द केसीसँग सरकारले यसअघि गरेका सम्झौता बिपरित प्रतिनिधिसभाले  चिकित्सा शिक्षा विधेयक पारित गरेपनि राष्ट्रिय सभा विधेयकलाई सुधारेर पास गर्नेमा नागरिक अभियन्ताहरुले अझै आसा मारेका छैनन् । उनिहरुले एक विज्ञप्ति जारी गरि राष्ट्रिय सभाले विधेयक सुधार्नेमा विश्वास व्यक्त गरेका छन् ।

नागरिक अभियन्ताहरुले जारी गरेको विज्ञप्ति जस्ताको तस्तै

 नागरिक अभियन्ता डा गोविन्द केसी सत्याग्रहमा रहेकै बेला प्रतिनिधि सभाको बैठकबाट चिकित्सा शिक्षा विधेयक पारित भएको तथा त्यसक्रममा यस अघि नेपाल सरकारले डा केसीसँग गरेको सम्झौता उल्लंघन भएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

त्यसो गरिंदा राज्यको विश्वसनीयतामाथि नै प्रश्न उठेको छ । हाम्रो साझा बुझाइ के छ भने यस अगाडि सरकारले डा केसीसँग गरेको सम्झौता अनुसार ऐन जारी गरिंदा चिकित्सा शिक्षासम्बन्धी उच्चस्तरीय कार्यदलको प्रतिवेदन तथा यस अघि जारी भएका अध्यादेशहरुअनुरुप हुने मात्रै नभई त्यसले सरकार, मेडिकल शिक्षाका नियामक निकायहरु तथा अब मेडिकल कलेज खोल्न प्रयासरत पक्षहरुसमेत सबैको हित हुन्छ ।

त्यसैले अबको राष्ट्रिय सभा बैठकमा उक्त विधेयक पेश हुँदा डा केसीसँग राज्यले गरेको उल्लिखित सम्झौताबमोजिम सुधार गरेर पारित गर्ने व्यवस्था गरियोस् भनी सम्बन्धित सबै पक्षहरुलाई अपिल गर्दर्छौं ।

केदारभक्त माथेमा, सुशीला कार्की, महावीर पुन, अभि सुवेदी, भोजराज पोखरेल, स्वर्णिम वाग्ले, क्याप्टेन विजय लामा, कृष्ण धरावासी, जयराज आचार्य, दुर्गा सुवेदी, कपिल श्रेष्ठ, मन प्रसाद वाग्ले, भैरव रिसाल, डा रामेश कोइराला, वीरेन्द्र कुमार मिश्र, रवीन्द्र सिंह वानियाँ, यादव खरेल, गोविन्द राज पोखरेल, प्रत्युष वन्त,  शेखर खरेल,  राम कुमार भण्डारी, फडिन्द्र लुईटेल, दिनेश प्रसाइँ, सावित्री श्रेष्ठ, गीता रसाइली, देवी सुनुवार, गोपाल साह।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ