arrow

बानेश्वरको प्रदर्शनमा अन्धाधुन्द लाठी चार्ज, महामन्त्री यादवको फुट्यो टाउको

logo
प्रकाशित २०७५ माघ १३ आइतबार
nsu-pradars.jpg

काठमाडौं ।  डा गोबिन्द केसीको जीवन रक्षा तथा संसदबाट पारित चिकित्सा शिक्षा बिधेयकको बिरोधमा नेविसंघले गरेको प्रदर्शनमा प्रहरीले गरेको हस्तक्षेपमा केहि विद्यार्थी घाइते भएका छन् । नेविसंघ महामन्त्री कपिलेश्वर यादव केन्द्रीय सदस्य कल्पना खड्का लगायत दर्जनौ विद्यार्थी घाइते भएका छन् ।

 महामन्त्री यादवको टाउकोमा चोट लागि वानेश्वर स्थित एक निजि अस्पतालमा भर्ना भएका छन् । उनको एभरेष्ट नर्सङ होममा उपचार भै रहेको छ । कल्पना खड्का खुट्टामा लागेको चोटको उपचारपछि घर फर्किएकी छन् ।

सरकार अधिनायकवादी शैलीमा चलेको आरोप लगाउँदै आइतबार नेपाली कांग्रेस भ्रातृ संगठनहरुले गरेको संयुक्त प्रर्दशन वानेश्वरमा पुगेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । नेपाल महिला संघको संयोजनामा कांग्रेसका भ्रातृसंगठनहरु नेविसंघ र तरुण दल समेत संयुक्त प्रर्दशनमा सहभागि थिए । प्रदर्शनबाट प्रहरीले १५ जना नेविसंघका नेता कार्यकर्तालाई पक्राउ गरेको नेविसंघ अध्यक्ष नैनसिह महरले जानकारी दिए । 

कम्युनिष्ट सरकारले अधिनायकवादी तरिकाले संसदमा कांग्रेसलाई पेलेर जान खोजेको तथा गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका अस्पतालहरू खारेजी प्रक्रियामा लगेपछि बाध्य भएर सडक आन्दोलनमा उत्रिएको आयोजकको भनाइ छ ।

मेडिकल क्षेत्रको सुधार र पूर्वसहमति कार्यान्वयनको माग गरेर असनरत डा गोविन्द केसीको जीवन रक्षा र कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका दोषीहरूलाई कारबाहीको माग गरेर आइतबार प्रदर्शन गरिएको महिला संघकी महासचिव धना खतिवडाले बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ