arrow

बाघको हड्डी जस्तो देखिने वस्तुसहित महिला पक्राउ

logo
प्रकाशित २०७५ माघ १३ आइतबार
Mahila-Pakrau.jpg

काठमाडौँ । काठमाडौँको दक्षिणकालीबाट बाघको हड्डी जस्तो देखिने वस्तुसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । दक्षिणकाली नगरपालिका–१ बागधारा बस्ने ४२ वर्षीया सविता लामालाई बाघको हड्डी जस्तो देखिने वस्तु ५६ थानसहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 विशेष सूचनाका आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी प्रभाग चाल्नाखेलबाट संयुक्त रुपमा खटिएको टोलीले शनिबार सविताको घरमा खानतलासी गर्दा सो वस्तु फेला पारेको हो ।

सोही विषयमा थप अनुसन्धानका लागि सिन्धुपाल्चोक चोगदे–७ बस्ने २६ वर्षीय अजय गुरुङलाई समेत बल्खुबाट पक्राउ गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ