चिकित्सा शिक्षा बिधेयक पारितको बिरोधमा झापाभर प्रदर्शन
प्रकाशित २०७५ माघ १३ आइतबार
708
Shares
झापा । चिकित्सा शिक्षा विधेयक जर्वजस्ती पास गराएको भन्दै नेपाल विद्यार्थी संघले आइतबार झापामा विरोध प्रदर्शन गरेको छ । संघले जिल्लाका स्थानीय तहहरुमा पारित विधेयकको विरोधमा एकैसाथ विहान प्रर्दशन सहितका कार्यक्रमहरु सञ्चालन गरेको हो ।
सरकार र चिकित्सा शिक्षा सुधारका लागि अनशनरत डाक्टर गोबिन्द केसी बिच यसअघि भएका सहमतिको पालना गर्न तथा उनको जीवन रक्षाको माग गर्दै संघको नेतृत्वमा जिल्लाका विभिन्न स्थानमा सरकार विरुद्ध शान्तिपूर्ण विरोध कार्यक्रम गरिएको विरोध कार्यक्रमका संयोजक भवानी काफ्लेले जानकारी दिए ।
संघले उक्त विरोध प्रदर्शनका लागि मेचीनगरमा सुरज सुबेदी, चारआलीमा संजय निरौला, बुधशान्तिमा भुपेन्द्र थेबे र गोकुल पौडेल, शनिश्चरेमा निशान पौडेल,बिर्तामोडमा संजय राई , मिलन चापागाईं र योगेन थापा, कन्काईमा अशोक पाठक र उदित दाहाल, दुधेमा अर्जुन भट्टराई, दमकमा द्रोण दाहाल, केचनाकवलमा निर्मल दाहाल र गौरीगञ्जमा देव कुमार ताजपुरियाको संयोजकत्वमा बिरोध कार्यक्रम गरिएको हो ।
विरोध कार्यक्रममा ऐक्यवद्धता जनाउन विद्यार्थी, विभिन्न पेशाकर्मीहरुलाई समेत सहभागी भएको संयोजक काफ्लेले जनाएका छन् । त्यसैगरी गौरादहमा भने भोलि १४ गते सोमबार बिहान ८:३० बजे डिपु चोकमा प्रदर्शन गरिने कार्यक्रम तयभएको नेविसंघ गौरादह सभापती बाबुराम नेपालले जानकारी दिएका छन ।