arrow

सरकारी गाडिमा लेख्न थालियो 'माफिया सरकार'

नेविसंघले थाल्यो अभियान

logo
प्रकाशित २०७५ माघ १३ आइतबार
nsu-mafiya.jpg

काठमाडौं । स्वास्थ्य शिक्षा विधेयक पारित गराएर सरकारनै माफियाको निर्देशनमा चलेको भन्दै विद्यार्थीहरुले केपी ओली नेतृत्वको सरकारलाई माफिया सरकारको करार दिएका छन् । माफियाको निर्देशनमा सरकार चल्न थालेको आरोप लगाउदै नेविसंघका विद्यार्थीहरुले सरकारी गाडिमा माफिया सरकार मुर्दावादको नारा लेख्ने अभियान सुरु गरेका छन् ।

विद्यार्थीहरुले आइतबार सरकारी गाडि नियन्त्रणमा लिदै माफिया सरकार मुर्दावाद लेख्न थालेका हुन् । नेविसंघका नेता नवराज त्रिपाठी, दुजाङ शेर्पा लगायतले सरकारी गाडिमा माफिया सरकार लेख्ने अभियान सुरु गरेका हुन् । उनिहरुले सरकारी गाडि तोडफोड गरेर राज्यको क्षति पुर्याउनु भन्दा लेख्ने अभियान सुरु गरेको नवराज त्रिपाठीले बताए ।  सरकारलाई माफियाले चलाइन्जेल तथा सरकारमा माफियाराज भएसम्म सरकारी सवारी साधनमा माफिया सरकार मुर्दावाद लेख्ने अभियान जारी राख्ने उनले बताए ।  

यतिखेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भातृ संगठनहरु नेपाल तरुण दल, नेविसंघ , महिला संघ आन्दोलनमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ