arrow

नेविसंघका दर्जनबढी कार्यकर्ता बालाजुबाट पक्राउ, को को परे ? 

logo
प्रकाशित २०७५ माघ १३ आइतबार
pakrau1.png

काठमाडौं । नेपाल विद्यार्थी संघ नेविसंघका कार्यकर्ताहरु राजधानीको बालाजुबाट पक्राउ परेका छन् । 

नेविसंघ केन्द्रीय सदस्य सुशील भट्टले दिएको जानकारी अनुसार पवन थापा, सन्तोष गुरुङ, किरण भट्टराई, परोपकार अधिकारी, सन्तोष अधिकारी, सुवास अधिकारी, राजु अधिकारी, उत्तम पाठक, चन्द्र रावत, मातृकाप्रसाद उपाध्याय, धनबहादुर शाही, दिपेन्द्र ढकाल, सुसान्त सिटौला, बासुदेव अधिकारी र सिलास थापा पक्राउ परेका हुन् ।  

ग्रामिण एन आर कलेज अगाडिबाट विरोध गर्न सुरु गर्ने बित्तिकै प्रहरीले उनीहरुलाई समातेको थियो । सरकारको विरोध गर्दै डा केसीको जीवन रक्षा गर, निर्मलालाई न्याए दे जस्ता नारा उनीहरुले लगाएका थिए । 

सरकारले पछिल्लो समय प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई पेल्ने नीति बनाएपछि काँग्रेससंगै उसका भ्रातृ संगठनहरु आक्रामक बन्दै सडक उत्रिएपछि सरकारले पनि कठोर नीति लिएको हो । 

विद्यार्थीहरुले नेपाली काँग्रेसका दुई पूर्व सभापति एवं पूर्वप्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका दुई अस्पताललाई ओली नेतृत्वको सरकारले नियतवश केन्द्र सरकार मातहतमा नराखेपछि आन्दोलन गरेका हुन् । 

त्यसैगरी सत्याग्रही डा गोविन्द केसीसंग ओली सरकारले सम्झौता गरेर पनि सो सम्झौता अनुसार चिकित्सा शिक्षा विधेयक नल्याएको भन्दै नेविसंघले देशैभर आन्दोलन चर्काएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ