सशस्त्रका एसपी पोखरेलको दुर्घटनामा परि निधन सिडियो भट्टराई गम्भिर घाइते
प्रकाशित २०७५ माघ १२ शनिबार
542
Shares
बारा। सडक दुर्घटनामा परि बारामा कार्कायरत सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेलको निधन भएको छ भने सिडियो सह–सचिव गणेश भट्टराई गम्भिर घाइते भएका छन्।
पोखेरेल र भट्टराई चढेको बा १ झ १६३३ गाडी दुर्घटनामा पर्दा पोखरेलको घटनास्थलमै निधन भएको हो। सशस्त्र प्रहरी बल १२ नम्बर गणका गणपति समेत रहेका एसपी बलराम पोखरेलको घटनास्थलमै मृत्यु भएको प्रदेश नम्बर २ का प्रहरी प्रमुख डीआईजी हरि पालले जानकारी दिए ।
बाराको कलैयाबाट निजगढ जाने क्रममा हाईवेमा रोकिराखेको ट्याक्टरसँग ठोक्किएर गाडी दुर्घटना भएको हो। उपचारका लागि बीरगञ्ज लगिएका घाइते सिडियो भट्टराईको अवस्था भने चिन्ताजनक भएपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भईरहेको बताइएको छ।