बारा सवारी दुर्घटनामा सशस्त्र प्रहरीका एसपीको मृत्यु, सिडियो गम्भिर घाईते
प्रकाशित २०७५ माघ १२ शनिबार
373
Shares
बारा। सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेलको सवारी दुर्घट्नामा परि मृत्यु भएको छ भने सिडियो गणेश भट्टराई घाइते भएका छन्।
कर्मचारी मिलन केन्द्र बाराको निजगढमा आयोजित कार्यक्रममा सहभागी भएर फर्कने क्रममा पुर्व-पश्चिम राजमार्गमा रोकिरहेको ट्रयाक्टरमा ठोकिएर भएको दुर्घट्नमा बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईको स्थिती चिन्ताजनक बताईएको छ।
उनको अवस्था चिन्ताजनक रहेको र उनलाई बिरगंजमा उपचार पछि काठमाडौं लाने तयारी भएको बताईएको छ।
एसपी र सिडियो चढेको गाडी ना १ झ १६३३ नम्बरको स्कोर्पियो साढे आठ बजेतिर दुर्घट्ना भएको बताईएको छ। एसपी पोखरेलको घट्नास्थलमै मृत्यु भएको र सिडियो भट्टराईको अवस्था चिन्ताजनक रहेको बताईएको छ।