arrow

तरुण दलले सरकार बिरुद्ध आन्दोलन गर्ने  

logo
सुनिल आउजी,
प्रकाशित २०७५ माघ १२ शनिबार
tarun-dal-dhangadi.jpg

धनगढी। नेपाल तरुणदलले माघ १४ गते सारकारका बिरुद्ध धनगढीमा बिशाल प्रदर्शन गर्ने भएको छ। नेपाल तरुण दल जिल्ला कार्यसमिति कैलालीले आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सरकारका बिरुद्धमा बिशाल प्रदशन गर्ने जानकारी दिएको हो। बढ्दो महंगी नियन्त्रण गर्न नसक्नु, शान्ति सुरक्षा कायम गर्न नसक्ने, भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भन्दै सरकारको बिरोधमा बृहत् प्रदर्शन हुने। ब्यापकरुपमा जनतालाई धनगढीमा उतार्ने लक्ष्य रहेको पत्रकार सम्मेलनमा बोल्दै नेपाल तरुण दल जिल्ला कार्य समिती कैलालीका अध्यक्ष दिपेन्द्र बमले बताए।

सरकारले निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको, वाइडबडी भ्रष्टाचार र सुनकाण्ड ढाकछोप गरेको, दुई तिहाईको आडमा चिकित्सा शिक्षा बिधेयक पारित दर्ता गरेको बिरोधमा बिरोध प्रदर्शन गर्न लागिएको हो।

कार्यक्रम शान्ति पुर्णढंगबाट संचालन गरीने र सरकारले भिजलान्ते प्रयोग गरी  आन्दोलन भाड्न खोजे  सरकारले ठुलो मूल्य चुकाउनु पर्ने  नेपाल तरुणदलका केन्द्रिय सदस्य नृप सुनारले बताए। बिरोध सभामा नेपाल तरुणदलका केन्द्रिय अध्यक्ष जितजंग बस्नेत लगायतका केन्द्रिय नेताहरुले संम्बोधन गर्ने कार्यक्रम रहेको छ।

सो कार्यक्रमको तयारीमा नेपाली कांग्रेस कैलाली लगायत सम्पूर्ण भातृ संगठन तयारीमा लागि रहेको पत्रकार संम्मेलनमा जानकारी गराईएको छ। बिरोध पर्दशन धनगढीको चौराहबाट सुरुहने जनाईएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ