काँग्रेस तीन नेता देउवा, कोईराला र शर्मा शनिवार सिन्धुलीमा
राजन परियार,
प्रकाशित २०७५ माघ १२ शनिबार
513
Shares
सिन्धुली। नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवा, महामन्त्रि शशांक कोइराला र पार्टी प्रवक्ता बिश्वप्रकाश शर्मा शनिवार सिन्धुली आउने भएका छन्। गोलञ्जोर गाउँपालिकाको पहलमा ग्वालटारमा स्थापना गरिएको शहिद बाबुराम बरालको शालिक अनावरण गर्न यि त्रेय काँग्रेस नेता सिन्धुलीको गोलन्जोर ग्वालटारमा आउने भएका हुन।
रहस्यमय ढङ्गले २००७ सालका मारिएका क्रान्तियोद्धा बाबुराम बराललाई नागरिकस्तरमा नै शहिद घोषणा गरी ग्वालटार, कोल्चौरीमा शालिक स्थापना गरिएको छ। ६८ वर्षसम्म राज्यले बिर्सिएको क्रान्तियोद्धा बराललाई गोलन्गोर गाउँपालिका सिन्धुलीले सम्झिएको छ। गोलन्जोर गाउँपालिकाले बाबुराम बराललाई शहिद घोषण गरी शालिक स्थापना गरेको छ।
२००७ सालमा नेपाली काँग्रेसले सञ्चालन गरेको सत्याग्रह र शसस्त्र युद्धमा सामेल भएका सिन्धुली ग्वालटारका बाबुराम बरालको षड्यन्त्रपूर्वक २००७ साल चैतमा गौरको हजमनिया दरबारमा हत्या गरिएको बताइन्छ। सो घटनाका सम्बन्धमा तत्कालीन कुनै सरकारले चासो राखेन। सो घटनालाई भवितब्यको रुपमा मात्र व्याख्या गरिदा क्रान्तियोद्धाको हत्या रहस्यको गर्भमै रहन पुग्यो।
२०१५ सालमा दुई तिहाई बहुमतको सरकारको नेतृत्व गरेको नेपाली काँग्रेसले बाबुरामलाई सम्झिए पनी पछिका पटकपटक सरकारको नेतृत्वमा पुगेको काँग्रेसले क्रान्तियोद्धा बाबुराम बराललाई शहिद घोषणा गर्न बिर्सियो।
यद्यपि, गाउँपालिका र स्थानीय वासिन्दाको पहलमा शहिद बाबुराम बरालको शालिक स्थापना गरिनुले ढीलै भए पनि क्रान्तियोद्धाको इतिहासले न्याय पाएको छ।
बरालको मावली गाँउ खुर्कोट सिन्धुलीमा वि.सं. १९८७ भदौ १९ गते जन्म भएका थियो। बरालको २० वर्षकै उमेरमा षड्यन्त्रपूर्वक हत्या गरिएको थियो।