arrow

प्रधानमन्त्री ओलीलाई एयरपोर्टमा कालोझण्डा देखाउने नेविसंघका विद्यार्थी नेताहरु पक्राउ

logo
प्रकाशित २०७५ माघ १२ शनिबार
nsu-black-flag.jpg

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई एयरपोर्टमा कालोझण्ड देखाउने नेविसंघका विद्यार्थी नेताहरु पक्राउ परेका छन्। स्विजरल्याण्डको डाभोस सम्मेलनमा सहभागी भइ स्वदेश फर्किएका ओलीलाई नेविसंघका नेता कार्यकर्ताले एयरपोर्टमा कालो झण्डा देखाएका थिए। 

स्वास्थ्य शिक्षा विधेयक स्वास्थ्य माफियाको चलखेलामा पास गराउन निर्देश दिइ अनशनरत गोविन्द केसीको मागको अवमूल्य गरेको र प्रतिपक्षी कांग्रेसले गरेको आग्रह र विरोधलाई नजरअन्दाज गरेको भन्दै उनीहरुले प्रधानमन्त्रीलाई कालो झण्डा देखाएका हुन्। 

एयरपोर्टकै अति संवेदनशिल क्षेत्रमै प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने नेविसंघका नेताहरु शुसिल भट्ट, निरञ्जन थापा, सुवास घिमिरे र सुदिप अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

नियन्त्रणमा लिइएकाहरूलाई प्रहरी प्रभाग गौशाला राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ