काठमाडौं। कांग्रेस नेता गगन थापा विरुद्ध सामाजिक सञ्जालमा अनर्गल आरोप लगाउँदै अभिव्यक्ति दिने अखिलका महासचिव ऐन महरलाई नेविसंघमा क्रियाशिल नेता कार्यकर्ताहरुले जवाफ फर्काएका छन्।
नेविसंघका पूर्व उपाध्यक्ष समेत रहेका ऋषिकेश शाहले महरलाई भिडन्तका लागि चुनौति दिएसँगै त्रिचन्द्र क्याम्पसका पूर्व स्ववियू सचिव हुँदै नेविसंघका इकाइ अध्यक्ष भइ नेविसंघका सहमहामन्त्री समेत भएका विद्यार्थी नेता प्रचण्ड विक्रम न्यौपाने गुन्टुले पनि चुनौती दिएका छन्।
महरले चर्चामा आउन गगन थापा विरुद्ध अनर्गल आरोप लगाएकामा रुष्ट रहेका न्यौपानेले क्याम्पस भिडन्त गर्ने नभइ अध्ययनका लागि भएको सम्झाएका छन्। न्यौपानेले भिड्ने नै भए लिपुलक गएर लड्न तयार भएको महरलाई चुनौति दिएका छन्। न्यौपानेको सामाजिक सञ्जालको अभिव्यक्ति जस्ताको तस्तैः
प्रिय मित्र ऐन महर जि,
तपाईं मेरो साथी हो। तपाई विद्यार्थी आन्दोलनको योद्दा पनि हो। तपाई हामी आन्दोलनमा सँगै हिडेको साथी पनि हो।तपाई अस्कल क्याम्पसको उत्पादन हो। तपाईं अस्कल क्याम्पस छोडेर त्रिचन्द्र आउँदा गगन थापा क्याम्पसमा हुनुहुदैन थियो।त्रिचन्द्र क्याम्पसका विद्यार्थीको नेतृत्व हामीले गरेका थियौ सो समयमा। मलाइ लाग्छ सायद गगन थापाले तपाईलाई चिन्नु पनि हुनुहुदैन थियो होला। तर अहिले तपाइले दिनुभएको अभिव्यक्तिले तपाइको कद बढाउदैन। चर्चामा आउनलाई दिएको अभिब्यक्ती हो भने मलाइ भन्नु केहि छैन। तपाइलाइ सुझाव कलेजमा पढ्ने हो भिड्ने होइन। भिड्ने नै हो भने जाउँ लिपुलेक हामी तयार छौं।