राष्ट्रपति–प्रधानमन्त्रीद्वारा भारतको ७० औँ गणतन्त्र दिवसका अवसरमा शुभकामना
रासस,
प्रकाशित २०७५ माघ १२ शनिबार
779
Shares
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको ७० औँ गणतन्त्र दिवसका अवसरमा त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दलाई आज एक सन्देश पठाउँदै हार्दिक शुभकामना व्यक्त गरेकीछिन्। त्यसैगरी उपपराष्ट्रपति नन्दबहादुर पुनले आफ्ना भारतीय समकक्षी एम भिनकाइ नाइडुलाई पनि आजै एक सन्देश पठाउँदै गणतन्त्र दिवसको हार्दिक शुभकामना व्यक्त गरेका छन्।
यसै अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि एक सन्देश पठाउँदै हार्दिक शुभकामना व्यक्त गरेका छन्।
राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन र प्रधानमन्त्री ओलीले आ–आफ्ना समकक्षीलाई बेग्लाबेग्लै पठाएको शुभकामना सन्देशमा भारतका राष्ट्रपति कोविन्दा, उपराष्ट्रपति नाइडु र प्रधानमन्त्री मोदीको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै भारतका जनताको निरन्तर प्रगतिको कामना गरेका छन्।
सन्देशमा उनीहरुले दुवै देश र जनताबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरे।