arrow

रोकिएन हिमपात, जनजीवन थप कष्टकर

यातायात ठप्प, विद्युत, टेलीफोन र ईन्टरनेट सेवा अबरुद्ध

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७५ माघ ११ शुक्रबार
bajhanj-himpat2.jpg

बझाङ ।  सोमबार रातीदेखी सामान्य वर्षासँगै सुरु भएको हिमपात नरोकिदा बझाङ जिल्ला लगायत सुदूरपश्चिमका पहाडी जिल्लाको जनजीवन थप कष्टकर भएको छ ।  हिमपातसँगै बर्षा समेत नरोकिएपछि बझाङ जिल्लामा चिसो बढ्नुका साथै यातायात ,सञ्चार तथा विद्युत सेवा समेत अबरुद्ध भएपछि जिल्लाको जनजिवन थप कष्टकर बन्दै गएको हो ।
 
जिल्लाका उच्च हिमाली क्षेत्र काँडा, दहवगर, सुर्मा, दौलिचौर, मेलविसौना, दाँतोला, रिलु, मष्टा, कोटदेवल, कैलास, गडराय, पाटादेवल लगायतका ठाँउमा बाक्लो हिमपात हुने कार्य रोकिएको छैन् । दिउसो बादल लाग्ने समान्य बर्षा हुने र उच्च लेकालीभेगमा बाक्लो हिमपात हुने कार्य रोकिएको छैन् । पछिल्लो आठ बर्ष यताको सबै भन्दा बढी हिमपात यसबर्ष भएको बुढापाकाहरु बताउन्छन् ।

यसरी बाक्लो हिमपात लगातार परेपछि जिल्लाको एक मात्र जयपृथ्बी राजमार्ग पाँच दिनदेखि पूर्णरुपमा अबरुद्ध छ । लामो तथा छोटो दुरिमा यातायात गर्ने यात्रुहरु समेत बिच बाटोमा अलपत्र परेका छन् । बैतडी र डडेल्धुरा जिल्लाका राजमार्ग भएको बिभिन्न स्थानहरुमा लगातार हिउ पर्न रोकिएको छैन् ।  त्यस्तै बैतडी तथा डडेल्धुरा जिल्लाको सिमाना अनारखोलीमा विद्युतको राष्ट्रिय प्रसारण लाईनको पोल ढलेपछि विद्युत सेवा समेत अबरुद्ध भएको छ ।

विद्युत सेवा नहुदा सदरमुकाम चैनपुर अन्धकार भएको स्थानिय ब्यापारी बिरेन्द्र सिंहले बताए। उनले भने, विद्युत सेवा नभएपछि समान्य मोवाईल चार्ज गर्न तथा दैनिक कार्यलय सञ्चालनमा समेत बाधा परेको छ ।  वर्षासँगै बढेको चिसोका कारण दैनिक कामकाज गर्न असहज भएको छ । दुई दिन देखी लागेको बादलले सौर्य प्रणाली चार्ज नहुँदा नेपाल टेलिकमको सेवा पनि प्रभावित भएको छ भने विद्युत सेवा समेत अबरुद्ध भएको छ  ।

सोमबार रातीदेखि नै स्काई तथा नमस्ते र लेण्ड लाइनको टेलीफोनको नेटर्वकले काम नगर्ने समस्या देखिएको सेवाग्राहीहरुको भनाई छ । सौर्य प्रणाली चार्ज नेटवर्कको सिष्टम चार्ज हुन नसक्दा टेलीफोन सेवा अबरुद्ध भएको नेपाल टेलीकम कार्यालय जनाएको छ । सौर्य सेवाबाट ब्याट्रीहरु रिचार्ज हुन नसक्दा जिल्लामा संचालित एफ.एम रेडियोको प्रसारणमा पनि असर परेको सेती सामुदायिक एफ.एमका स्टेशन म्यानेजर रमेश के.सीले बताए ।

दैनिक कामकाजका लागी मानिसहरु घर बाहिर निस्कन सकेका छैनन।  चिसोको असर वालवालिका र बृद्धबृद्धाहरुमा बढी परेको छ । चिसोका कारण लेकाली भेगमा पाँच दिन देखि गाई,भैसी , गोरु ,बाख्रा समेत चराउन नपाउदा भोक भोकै मर्ने स्थिती आएको किसानहरुको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ