arrow

काँग्रेस संसदीय दलको आकस्मिक बैठक बस्दै 

logo
प्रकाशित २०७५ माघ ११ शुक्रबार

काठमाडौं । संसदमा सत्ता पक्षले जवर्जस्ती चिकित्सा शिक्षा विधेयक पारित गरेपछि काँग्रेस संसदीय दलको आकस्मिक बैठक बसिरहेको छ । संसद सकिएलगत्तै संसदीय दलको कार्यालय सिंहदरबारमा संसदीय दलको बैठक बसिरहेको हो । 

बैठकले अबको काँग्रेसको रणनीति तय गर्ने बताईएको छ । संसद बैठक पछि पत्रकारहरुसँगको कुराकानीको क्रममा काँग्रेस सभापति शेरबहादुर देउवाले अब काँग्रेसले सदन र सडकमा समेत संघर्षको कार्यक्रम अघि बढाउने बताएका थिए । 

संसद बैठक पछिको प्रतिक्रियामा सभापति देउवाले सरकार तानाशाही रुपमा अघि बढेको भन्दै सदन र सरकारमा समेत विरोध चर्काउने चेतावनी दिएका हुन् । जवर्जस्ती संसदले चिकित्सा शिक्षा विधेयक पारित गरेपछि संसद भवन बाहिर पत्रकारहरुसँग कुराकानी गर्दै सभापति देउवाले सभामुख समेत संसदको एउटा अंग जस्तो बनेको आरोप लगाएका छन् । 

सभापति देउवाले गिरिजाप्रसाद र सुशील कोइरालाको अपमान गरिएको र काँग्रेसका नेताहरुको नाम नै मेट्ने प्रयास गरेको आरोप लगाएका छन् । चिकित्सा शिक्षा विधेयकमा सभामुख महराले छल गरेको आरोप समेत लगाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ