arrow

वानेश्वरबाट कार्यकर्ता पक्राउपछि नेविसंघको आक्रोश, सरकारी गाडीमाथि तोडफोड

logo
प्रकाशित २०७५ माघ ११ शुक्रबार
NSU_pradarshan.jpg

काठमाडौं । नेपाल विद्यार्थी संघले प्रदर्शनमा रहेका नेविसंघ कार्यकर्तालाई पक्राउ गरेको आरोपमा सरकारी गाडीमाथि तोडफोड गरेको छ । आफ्ना ८ जना कार्यकर्तालाई शुक्रबार दिउँसो नयाँ वानेश्वरबाट पक्राउ गरेको आरोपमा नेविसंघका नेता दुजाङ शेर्पा र तपेन खड्का सहितको टोलीले पुरानो वानेश्वरमा भौतिक पूर्वाधार मन्त्रालयको गाडी तोडफोड गरेका हुन् । 

शुक्रबार दिउँसो साढे १२ बजे अनसनरत डा। गोविन्द केसीको समर्थनमा स्वतन्त्र नागरिकको प्रदर्शनमा नेपाल विद्यार्थी संघले पनि साथ दिएको थियो । सोही प्रदर्शनबाट झण्डै दुई दर्जनभन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरेकोमा नेविसंघका पनि दर्शन बढी कार्यकताहरु पक्राउ परेको नेविसंघले जनाएको छ । आफ्ना कार्यकर्ताहरुको पक्राउको विरोधमा नेविसंघले तत्काल प्रतिक्रिया स्वरुप तोडफोडमा उत्रिएको जनाएको छ । 

यसरी पक्राउ पर्नेहरुमा नेविसंघका नवराज त्रिपाठी, योगेन्द्र रावल, नारायण घिमिरे, सुनील शर्मा, पर्वत खड्का, पावेल बज्राचार्य, चेतराज धिताल, कविराज बस्नेत लगायतका नेताहरु पक्राउ परेको नेविसंघले जनाएको छ । त्यसैगरि पक्राउ पर्नेमा सरोज तिमल्सिना, जीवन ओझा, शाही पोखरेल, खडक बहादुर शाही, तपेन्द्र बुढा, गणेश तन्डन, राकेश शिवाकोटी, भोजराज भण्डारी, रविन्द्र रोकाय र विष्णुहरि खड्का समेत रहेको विद्याथी नेता ऋषिकेश शाहले जानकारी दिए । उनीहरुलाई महानगरीय प्रहरी बृत्त गौशालामा राखिएको छ ।

नेविसंघका नेताहरुसँगै विवेकशील नेपाली दलका उज्वल थापा, शशिविक्रम कार्की,अजिता राई,डा दिनेश प्रसाईं,अम्बिका कार्की, सुजन श्रेष्ठ, रामजी पन्त, मिलन पाण्डे, सोनम थिमी लगायत समेत पक्राउ परेका छन् ।

अनसनरत डा. केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन कमजोर बन्दै गएपछि पछिल्लो समय सदन भित्र र बाहिर समेत केसीको पक्षमा विभिन्न राजनीतिक दल, नागरिक समाज र स्वतन्त्र नागरिकहरुको समेत उनीप्रतिको समर्थन बढ्दो छ । बिहीबार मात्रै केसीको माग पूरा गर्नको लागि चिकित्सक संघले सरकारलाई ७२ घण्टे अल्टिमेटम समेत दिईसकेको छ । संघले माग पूरा नभए ७२ घण्टा पछि देशभरका आकस्मिक बाहेकका सबै सेवाहरु बन्द गर्ने चेतावनी दिएको छ । त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पनि माग पूरा नभए सदन र सडकको आन्दोलन चर्काेउने चेतावनी समेत दिएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ