arrow

देशभर सामान्यदेखि पूर्ण बदली

logo
प्रकाशित २०७५ माघ ११ शुक्रबार
weather2.jpg

काठमाडौं । केही दिनदेखि बिग्रिएको मौसममा अझै सुधार आउन सकेको छैन । शुक्रबार पनि देशभर सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले  जनाएको छ । 

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली हुने तथा पश्चिमी क्षेत्रका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम तथा मध्य र पूर्वी क्षेत्रका केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ । 

त्यसैगरी देशको हिमाली भेगका केहि स्थानहरुमा हल्कादेखि मध्यम  हिमपात हुने संभावना रहेको पनि महाशाखाले जनाएको छ । 

त्यस्तै राति पनि दिउँसोको जस्तै मौसम हुने जनाइएको छ । 

 महाशाखाले मौसममा सुधार आउन अझै केही दिन लाग्ने जनाएको छ । महाशाखाले शनिबार पनि शुक्रबारकै जस्तै मौसम हुने जनाएको छ । आइतबार पनि बदलीसंगै बर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ