के गर्दैछ सोलिडारिटी फर डा केसी अलाएन्सले बिहीबार ? यस्ता छन् कार्यक्रम
प्रकाशित २०७५ माघ १० बिहिबार
641
Shares
काठमाडौं । सत्याग्रही प्राडा गोविन्द केसी १६ दिनदेखि गुणस्तरीय चिकित्सा शिक्षाको सर्वसुलभताका लागि लडिरहेका छन् । उनको यो आमरण अनसनले स्वास्थ्यमा निकै जटिलता ल्याएको छ ।
सरकारले अनशन तोडाउन कुनै पहल नगरिरहेको अवस्थामा उनको माग र अनसनप्रति ऐक्यवद्धता जनाउँदै थुप्रै कार्यक्रम पनि भएका छन् ।
सोलिडारिटी फर डा केसी अलाएन्सले बिहीबार दुई वटा कार्यक्रमको आयोजना गर्दैछ ।
पहिलो कार्यक्रमका रुपमा राजधानीमा सत्याग्रहका कारण डा केसीको ज्यान जोखिममा पर्दै गएकाले सरकारले विगतमा उनीसँग गरेको सम्झौता कार्यान्वयन सम्बन्धमा प्रबुद्ध नागरिकहरुबीच गरिने अन्तर्क्रिया कार्यक्रम रहेको छ ।
यो कार्यक्रम दिउँसो १ बजे भोजन गृह डिल्लीबजारमा रहेको अलाएन्सले जनाएको छ ।
त्यसैगरी बिहीबारको दोस्रो कार्यक्रमका रुपमा साहित्यिक कार्यक्रम रहेको छ । अपरान्ह ४ बजे यो कार्यक्रम बसन्तपुर डबलीमा हुनेछ ।
नाटक मञ्चनसहित कविता बाचनको कार्यक्रम रहेको बताइएको छ ।