arrow

करणीको अभियोगमा आठ वर्ष कैद

logo
प्रकाशित २०७५ माघ ९ बुधबार
prisoner-jail.jpg

भोजपुर ।  सैँतीस वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा पौवादुङ्मा गाउँपालिका–३ च्याङगे्रका ३५ वर्षीय राजकुमार कार्कीलाई जिल्ला अदालतले आठ वर्ष कैदसहित ५० हजार क्षतिपूर्तिको फैसला गरेको छ ।

न्यायाधीश हरिशचन्द्र इङ्नामको एकल इजलासले मङ्गलबार सो फैसला सुनाएको अदालतका सूचना अधिकारी राजकुमार दाहालले बताए ।

 पीडित पक्षले गत कात्तिकमा दिएको उजुरीका आधारमा कार्कीलाई पक्राउ गरिएको थियो ।  कार्कीले गत असोज २५ गते बलात्कार गरेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ