arrow

जनकपुरमा तरुण दलद्वारा सरकारको विरोधमा प्रदर्शन

logo
निरंजन साह,
प्रकाशित २०७५ माघ ९ बुधबार
tarun-janakpur.JPG

जनकपुरधाम  । प्रदेश नम्बर दुईको राजधानी जनकपुरधाममा  नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलद्वारा बुधबार  सरकारको विरोधमा जुलुस  प्रदर्शन कार्यक्रम गरिएको छ।

जनकपुरमा  नेपाली  कांग्रेस पार्टी कार्यालयबाट निस्केको विरोध जुलूसमा तरुण देखि व्रिद्धको सहभागिता रहेको थियो। पार्टी कार्यालयबाट निस्केको सो  जुलूस मुरली चोक, राम चोक, जनक चोक, शिवचोक हुँदै भानु चोकमा पुगेर कोणसभा सम्पन्न गरेका थिए ।

नेपाल तरुण दलको कार्य्रकममा नेपाल तरुण का केन्द्रिय अध्यक्ष जीतजंग बस्नेतको समेत उपस्थित रहेको थियो। सो विरोध सात वटै प्रदेशका  आयोजना मा कार्यक्रम  गरिएको थियो। मुलुकमा भइरहेको व्यापक भ्रष्टाचार ,मँहगी मुल्यवृद्धि ,अत्यधिक रूपमा बढाइएको कर,प्रेसमाथिको हस्तक्षेप,वाइड्वडी विमान खरिदमा भएको भ्रष्टाचार, निर्मला पन्त लागायत भएको अनेकौं महिला हत्या हिंसाका घट्ना एंव गैर कानुनी अलोकतान्त्रिक   वर्तमान सरकारको संबिधान बिरोधि कार्यको विरुद्धमा जनपुरधाममा नेपाल तरुण दलद्वारा बिरोध गरेका हुन् ।

उक्त विरोध कार्यक्रममा नेपाली  कांग्रेस नेता आनन्द ढुंगाना, रामकृष्ण यादव, दिनेश प्रसैला यादव, नेपाली कंग्रेसका युवा नेता प्रफुल्ल घिमिरे ,जनकपुरधाम नगर सभापति मनोज साह, ललन चौधरीको उपस्थिति रहेको थियो।, तरुण दलका उपाध्यक्ष उत्तम चापागाईं, महासचिव भूपेन्द्रजंग शाही, कोषाध्यक्ष विद्वान गुरुङ,धनुषा जिल्ला अध्यक्ष सञ्जयलाभ कर्ण, उपाअध्यक्ष राकेशविक्रम साह लगायतले आफ्नो धारणा राखेका थिए।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ