सप्तरीमा प्रहरी इन्काउन्टरमा मारिने चौधरी तराई मुक्ति मोर्चाका अध्यक्ष
निरंजन साह,
प्रकाशित २०७५ माघ ९ बुधबार
676
Shares
जनकपुरधाम । प्रदेश नम्बर दुईको सप्तरी जिल्लामा प्रहरी इन्काउन्टरमा बुधबार बिहान एक जनाको मृत्यु भएको छ । इन्काउन्टरमा मारिनेमा तराई मुक्ति मोर्चाका अध्यक्ष दीपेन्द्र चौधरी रहेका छन् । चौधरी सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्वर–६ कडरबोनाको हुन् । अन्दाजी ३५ वर्षिय चौधरी जवाफी कार्वाहीमा मारिएका हुन् ।
प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीसँग बिहान ४:३० बजे सप्तरीको रुपनी नजिकै भएको मुठभेडमा चौधरीले पटकपटक प्रहरीमाथि आक्रमण गरेका थिए । उनि तराईमा आपराधिक गतिविधि, चन्दा असुलीलगायत क्रियाकलापमा संलग्न रहेको प्रहरीले जनाएको छ ।
चौधरीको खोजी कार्य जारी रहेकोमा गोप्य सूचनाको आधारमा पक्राउ गर्न खोज्दा मुठभेडपछि इन्काउन्टर गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएका छन ।