arrow

प्रचण्डको स्वास्थ्यमा सुधार, सीता आइसीयुमै, बिना तंग्रिदै 

logo
प्रकाशित २०७५ माघ ९ बुधबार
prachanda-family.jpg

काठमाडौँ । भाइरल ज्वरोबाट बिरामी परेका नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । 

ज्वरोबाट प्रभावित भएपछि अध्यक्ष प्रचण्डले मंगलबार ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा स्वास्थ्य परीक्षण गराएका थिए । 

चिकित्सकले पूर्वप्रधानमन्त्री प्रचण्डलाई दुई–तीन दिन घरमै आराम गर्न सुझाव दिएको उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । चिकित्सकको सल्लाह अनुरुप अध्यक्ष प्रचण्ड आफ्नै निवासमा आराम गरिरहेका छन् ।  

यसैबीच, कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले मंगलबारै सुमेरु अस्पताल पुगी अध्यक्ष दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए । 

नेकपा स्थायी कमिटि सदस्य योगेश भट्टराईदेखि धेरै नेताहरुले स्वास्थ्यलाभको कामना गरेका छन् । 

अध्यक्ष प्रचण्डले प्रचण्डले आफ्नो स्वास्थ्य अवस्थाबारे चासो राख्ने शुभचिन्तकप्रति आभार प्रकट गर्दै आफू चाँडै स्वस्थ्य हुने विश्वास व्यक्त गरेका छन् । 

पछिल्ला केही दिनदेखि विभिन्न ठाउँमा कार्यक्रममा सहभागी हुन गएका प्रचण्ड पत्नी सीता बिरामी भएपछि अझै बढी चिन्तामा छन् । 

चार दिनदेखि प्रचण्ड पत्नी सीता सुमेरु अस्पतालमै उपचाररत छिन् । आइसीयुमा उपचाररत उनको पनि स्वास्थ्यमा उल्लेख्य सुधार आएको प्रचण्डका प्रेस सल्लाहकार सापकोटाले बताएका छन् । 

लामो समयदेखि रोगले थलिएकी सीताको उपचारका लागि प्रचण्डले सीतालाई म्याग्दीको तातोपानीमा लगेर पनि उपचार गराएका थिए । 

त्यसैगरी प्रचण्डकी बुहारी तथा खानेपानी मन्त्री बिना मगर पनि बिरामी भएकी छिन् । उनी पनि सोमबार साँझदेखि सुमेरु अस्पतालमै उपचाररत छिन् । उनलाई पनि भाइरल ज्वरो आएको हो । 

उनका स्वकीय सचिव विजयदेव भट्टराईका अनुसार मन्त्री मगरको चिकित्सकको विशेष निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ । उनको स्वास्थ्य अवस्था पनि सुधारोन्मुख रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ