कांग्रेस प्रवक्ता शर्मा भन्छन् - हारेपछि कांग्रेस सुध्रियो
प्रकाशित २०७५ माघ ८ मंगलबार
335
Shares
घोराही । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सङ्घीय, प्रदेश एवमं स्थानीय निर्वाचनमा कांग्रेसले हारेर एकदम ठीक भएको बताएका छन् ।
कांग्रेस दाङ क्षेत्र नं ३ को क्षेत्रीय भेलालाई मंगलबार सम्बोधन गर्दै उनले कांग्रेसले हारेको हुँदा पार्टी सुधारको मौका मिलेको र हारले गतिलो पाठ सिकाएर गएको धारणा राखे। उनले पार्टीले हार व्यहोरेपछि नै पार्टीभित्र सुधारको सङ्केत देखिएको बताए ।
उनले अहिले पार्टीभित्र ठूला नेताको मिलन हुनु, केन्द्रीय पदाधिकारीले पूर्णता पाउनु, सङ्घीय संरचनाअनुसार पार्टी कमिटी बन्नु, देशव्यापी छलफल गरेर विधान तयार हुनु नै कांग्रेसको सुधारको सङ्केत भएको दाबी गरे । पार्टीनिकट सबै भ्रातृ सङ्गठनले लोकतान्त्रिक परिपाटी अपनाएर नेतृत्व चयन एवम् छलफलका कार्यक्रम गरिरहेको उनले जानकारी दिए ।