arrow

दुई तिहाई बहुमतको दम्भमा भ्रष्टाचार र अशान्ति मात्रै : प्रवक्ता शर्मा

logo
सुनिल आउजी,
प्रकाशित २०७५ माघ ७ सोमबार
prabakta-sharma.jpg

धनगढी ।  नेपाली कांग्रेसका प्रवक्ता एवम् केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले दुईतिहाईको सरकारका पालामा देशमा महंगी भ्रष्टाचार र अशान्ति निकै बढेको भन्दै शर्माले जनताको जनजिविकासंग सरकार गम्भिर नभएको आरोप समेत लगाए ।

नेपाल प्रेस युनियन कैलालीले सोमबार बिहान धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा शर्माले वर्तमान सरकार दुई तिहाईको दम्भले विवेक गुमाएर काम गरिरहेको बताए । जनताका दैनिक आवश्यकताका बस्तुमा मूल्य आकासिदा पनि सरकार उदासिन बनेको उनको आरोप लगाए ।

देशमा हत्या बलात्कारका घट्ना घट्नुको सट्टा बढिरहेका छन् शर्माले भने केपीको राम राज्यमा निर्मला पन्तले न्याय पाउनेमा विश्वास छैन । डाक्टर गोबिन्द केसीको आन्दोलन गरीवका छोराछोरीले पनि डाक्टर पढ्न पाउन भन्नका लागि रहेको भन्दै शर्माले केपी ओलीले आफैले गरेको सम्झौता लत्याएको बताए ।

 मिडियाकर्मी माथि पनि सरकारको अनावश्यक हस्तक्षेत रहेकोमा उनले दुख व्यक्त गरे । नेपाली कांग्रेस आफ्नै घरायसी जीवनलाई ब्यबस्थित गर्ने जिम्मेवारीमा रहेकाले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको भन्दै शर्माले पाटीको महासमिति बैठक पछि पाटी सशक्त बनेको स्पस्ट पारे । महासमिति बैठकले पाटीमा नवीन एकताको सन्देश दिएको उनले बताए । शर्मा कंचनपुरस्थित निर्मला पन्त तथा न्यायको आन्दोलनमा ज्यान गुमाउनेका परिवारलाई भेट्न त्यसतर्फ लागेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ