arrow

राष्ट्रिय सभामा काँग्रेसको चेतावनी : 'के प्रतिपक्षसँग निहुँ नै खोजेको हो ?'

logo
प्रकाशित २०७५ माघ ७ सोमबार
rastriya_savha.JPG

काठमाडौं । नेपाली काँग्रेसले राष्ट्रि सभाको बैठक अबरुद्ध गरेको छ । सोमबार बसेको राष्ट्रिय सभा बैठकमा सुरुमा नै काँग्रेस सांसद्हरुले उठेर विरोध गरेका हुन्। 

त्यसपछि राष्ट्रि सभा अध्यक्ष गणेश तिमल्सिनाले काँग्रेस सांसद् सरिता प्रसाईलाई बोल्न समय दिएका थिए । सो समयमा बोल्दै नेता प्रसाईंले गणतन्त्र ल्याउन र सांविधान जारी गर्ने गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेका स्वास्थ्य संस्थाहरु बन्द गराएर के सरकारले प्रतिपक्षसँग निहुँ नै खोजेको हो ? भन्दै प्रश्न गरेकि छिन् । 

प्रसाईँले राज्यमा दण्डहिनता बढाएर नचाहिँदा काममा सरकार लागि रहेको भन्दै यस्ता विषयमा प्रतिपक्षलाई कमजोर सोचेमा सरकारलाई नै यसले नोक्सन हुने चेतावनी समेत दिइन् । 

सांसद् प्रसाईले ५ वर्षको म्याण्डेड लिएर आएको यो सरकारले काँग्रेस नेताहरुको नाम काट्ने हो भने ५ वर्षपछि काँग्रेसको सरकार बनेपछि के काँग्रेसले पनि मनमोहन अधिकारीको नाममा खुलेका संस्थाहरु काट्दै हिँड्ने भन्दै प्रतिप्रश्न गरिन् । उनले काँग्रेस नेतृत्वकोे सरकारको पालामा यस्तो चरित्र नदेखाएको र नदेखाउने चेतावनी समेत दिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ