arrow

उनकै आग्रहमा डा. केसीलाई वार्डमा सारियो

logo
प्रकाशित २०७५ माघ ६ आइतबार
govinda-kc1.jpg

काठमाडौं । त्रिवि शिक्षण अस्पतालका अनसनरत डा. गोविन्द केसीलाई उनकै आग्रहमा आईतबार वार्डमा सारिएको छ । डा. केसीले सर्वसाधारणलाई समस्या हुने भन्दै चिकित्सकहरुलाई वार्डमा सारिदिन आग्रह गरेका थिए । 

लामो समयदेखि आफू आईसियूमा बस्दा आईसियूमा बस्ने सर्वसाधारण विरामीलाई समस्या हुने भन्दै डा. केसीले वार्डमा सारिदिन आग्रह गरेको चिकित्सकहरुले जनाएका छन्। 

आफूले विभिन्न समयमा अनसन बस्दा भएका सहमति कार्यान्वयन नभएको र विशेष गरी यही सरकारसँग सरकारले साउनमा आफ्नो १५ औं अनसनको समयमा गरेको सहमति कार्यान्वयन नभएपछि उनी १२ दिनदेखि १६ औं अनसनमा छन् । 

सुरुवाती समयमा इलामबाट खनुसन बसेका केसीलाई दुई दिन अघि हेलिकोप्टरबाट काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा सारिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ